साँझको समयमा लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री

साँझको समयमा लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री
सुन्नुहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने अवस्था आएको बताएका छन्।  

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताए।

मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे। भारतबाट विद्युत् आयात गरेर धान्नसक्ने अवस्था अब नरहेको उनको भनाइ छ। मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विद्युत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्र उत्पादन गरेको र बाँकी सबै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे। उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे। 

उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको बताए। बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.