चिनियाँ राजदूत सोङले भने- लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउनुपर्छ

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव

चिनियाँ राजदूत सोङले भने- लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउनुपर्छ
सुन्नुहोस्

भैरहवा : बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा बिहीबार महोत्सव सुरू भएको हो।

नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको प्रवर्द्धन र सम्वर्द्धनका लागि चिनियाँ दूतावासको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे।

नेपालस्थित चिनियाँ राजदूत छन् सोङले लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताए। उनले  बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षा संसारको लागि प्रचारप्रसार गर्न  महत्त्वपूर्ण रहने बताए।सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताए। 'नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म रहेको छ,'उनले भने।

सो अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताए। महोत्सव ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ।

आज बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो। शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको छङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान हुने कार्यक्रम छ। शनिबार बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ।

यसैगरी चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन हुने जनाइएको छ । वैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ। छङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.