क्षयरोगका बिरामीहरूको पहिचानका लागि शिविर

क्षयरोगका बिरामीहरूको पहिचानका लागि शिविर

नुवाकोट : क्षयरोगका बिरामीहरूको पहिचानका लागि नुवाकोटको विदुर नगरपालिकामा अभियान सञ्चालन गरिएको छ। दुई छुट्टाछुट्टै स्थानमा गरिएको दुई दिने क्षयरोग खोजपड्ताल शिविरमा  क्षयरोगका बिरामीहरू पहिचान गरिएका छन्। 

नगरपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क क्षयरोग खोजपड्ताल शिविरमा तीनसय ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा ४९ जना क्षयरोगका शंकास्पद बिरामी पहिचान गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए।

विदुर नपा ५ देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान र विदुर १० स्थित शहरी स्वास्थ्य केन्द्र गेर्खुटारमा क्षयरोगीको पहिचान शिविर सञ्चालन गरिएको थियो। देवीघाटमा २१ जना तथा गेर्खुटारमा २८ जना शंकास्पद बिरामी फेला परेका हुन्। 

शंकास्पद बिरामीहरूको खकार नमूना थप परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको नगरपालिकाकी क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीको भनाइ छ। उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा एआई प्रविधि प्रयोग गरिएको डिजिटल पोर्टेबल एक्स–रे मेशिन मार्फत बिरामीहरूको छातीको परीक्षण गरिएको थियो 

परीक्षण कार्यमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर, त्रिशूली अस्पतालका चिकित्सकहरूको टोली परिचालन गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.