गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी दर्ता

गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी दर्ता
सुन्नुहोस्

सिरहा : सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाउँमा डोम परिवारलाई उठीबास लगाएको घटनामा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध जातीय छुवाछुतमा जाहेरी परेको छ।

पीडित परिवारले शनिबार दलितका अगुवासहित पुगेर जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हु । पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।

गाउँपालिका अध्यक्ष र पूर्व वडा अध्यक्षलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिइसकेका छन्। अर्को आरोपित बजरंगी बाबा भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए। जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ।

चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.