महामन्त्री गगन थापा निकटका चम्लागाईं बने लोकतान्त्रिक अपांग संघका अध्यक्ष
काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।शनिबार सम्पन्न लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनबाट चम्लागाईं ३५१ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगन कुमार थापा निकट हुन्।
उनका प्रतिस्पर्धी विकास थापाले ८८ मत र कल्पना खड्काले १३ मत प्राप्त गरे। उपाध्यक्षमा महिलातर्फ अनिता घिमिरे गैरे र खुल्लातर्फ उदयबहादुर लिम्बू निर्वाचित भए। गैरेले ३३९ मत र लिम्बूले ३३२ मत प्राप्त गरे।
महामन्त्रीमा किरण कुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भए। पासवानले २४६ मत र खत्रीले ३४९ मत प्राप्त गरी विजयी भएका हुन्।
प्रतिक्रिया दिनुहोस !