'संवैधानिक व्यवस्थामाथिको हमला सह्य हुँदैन'

'संवैधानिक व्यवस्थामाथिको हमला सह्य हुँदैन'
सुन्नुहोस्

काठमाडौं : संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ। सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण सम्बर्द्धन र विकास गर्न प्रतिबद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो। 

नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद् नेपालले उल्लेख गरेको छ।

त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह-अध्यक्ष कल्पना धमलाले बताइन्। उनले जनताको अपेक्षाअनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमी कमजोरीलाई हटाई आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने बताइन्।

त्यस्तै पछिल्लो समय केही समूहद्वारा संविधानको भावना विपरीत गतिविधि गरिरहेको भन्दै घोर भर्त्सना गरिएको उनको भनाइ छ। संवैधानिक व्यवस्थामाथिको हमलाविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताइन्।

त्यस्तै संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधान विपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। अहिलेको परिस्थितिप्रति दलहरू गम्भीर हुनुपर्ने उनले बताए।

संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि अपील गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.