भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे

भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे

काठमाडौं : दुबईबाट अवैध रूपमा पठाइएको ४१० वटा विद्युतीय चुरोट प्रहरीले बरामद गरेको छ। त्रिभुवन विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट अवैध भेप, केही मोबाइल, आइफोन, म्याकबुक, डेल कम्पनीको ल्यापटप र अन्य महँगा सामानसहित चार जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा उदयपुरका ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीकी २६ वर्षीय सलिना वर्देवा, पर्वतका २४ वर्षीय सौगात क्षेत्री र मोरङका ४६ वर्षीय सुरेन्द्र घिसिङ छन्। योगेन्द्र र सलिनाले सामान बोकेर नेपाल आएका थिए भने सौगात र सुरेन्द्र उक्त सामान लिनका लागि त्रिभुवन विमानस्थलको पार्किङ एरिया पुगेका थिए। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उनीहरूले ल्याएको सुटकेस विमानस्थलको सुरक्षा जाँचपास भएर बाहिरिएको थियो। भन्सार पाससमेत भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि पनि पटक-पटक भन्सार पास भएर भेप बाहिरिएका थिए। भेपमा सुन लुकाएर अवैध रूपमा तस्करी गरिएको घटनामा पूर्व सभामुख कृष्णबहादुर महरासमेत जोडिएका थिए।

  
फ्लाई दुबईको उडानबाट नेपाल फर्किएका योगेन्द्र  र सलिनाले बोकेको सुटकेसबाट उक्त सामानहरू फेला परेको हो। योगेन्द्र भिजिट भिसामा दुबई गएका थिए। फर्किँदा उनलाई अपरिचित व्यक्तिले नेपालसम्म पुग्ने टिकट काटीदिने प्रलोभन दिए। टिकटको लोभमा उनले उक्त व्यक्तिले दिएको सुटकेस नेपाल लैजान सहमत भए। सुटकेसमा के छ? कसको हो, सोधीखोजी गरेनन्। छानबिनमा संलग्न प्रहरीका अनुसार उक्त सुटकेस लिन विमानस्थलमै मान्छे आउने योगेन्द्रलाई बताइएको थियो। 
 
सिन्धुलीकी सलिना वैदेशिक रोजगारीका लागि दुबईमा थिइन्। उनी दुबई नफर्किनेगरी नेपाल फर्किँदै थिइन्। उनलाई पनि योगेन्द्रजस्तै अपरिचित व्यक्तिले नेपालसम्म सुटकेस पुर्‍याइदिन आग्रह गरेका थिए। काठमाडौंदेखि झापासम्म प्लेन टिकट काट्ने प्रलोभन देखाएपछि सालिना सुटकेस ल्याउन राजी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि प्रहरीले उनीहरूलाई निगरानी गरेको थियो। सोधपुछका क्रममा उनीहरूले ल्याएको सुटकेस आफ्नो नभएको बताएपछि प्रहरीले बरामद गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायले गत साउनदेखि कुनै पनि बहानामा विद्युतीय चुरोप 'भेप' नेपाल ल्याउन नपाइने बताए। सरकारले नै यसलाई बन्देज लगाएको उनको भनाइ छ। 

'बरामद भएको सामानको धनी अन्य व्यक्ति भएको प्रहरीले पत्ता लगाएको छ। पक्राउ परेका व्यक्तिहरूले दिएको बयान अनुसार प्रहरीले अवैध कारोबार गर्ने व्यक्तिलाई निगरानी बढाएको हो। ती व्यक्तिले यसअघि पनि यस्ता सामान मगाउने र भन्सार छली गर्ने गरेको प्रहरी अनुमान छ,' प्रवक्ता आचार्यले भने।

उनीहरूलाई भन्सार छलीको कसूरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.