केन्द्रीय कारागार नुवाकोट जाने सडक शिलान्यास

केन्द्रीय कारागार नुवाकोट जाने सडक शिलान्यास
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार पुग्ने सडकको निर्माण सुरु गरिएको छ। विदुर नगरपालिका-५ स्थित बाँडाचौतारो हुँदै केन्द्रीय कारागारसम्म जाने सडक कालोपत्रेको कार्यसमेत सुरु गरिएको हो। 

विदुर ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारसम्म जाने सडकको  कालोपत्रे मोटरबाटोको शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो। विदुर नपाका मेयर राजन श्रेष्ठले उक्त पक्की सडक योजनाको शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो। 

सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालन भएको सो योजनामा नालीसहित सडकका अन्य आधारभूत संरचनाहरू समेत निर्माण गरिने मेयर श्रेष्ठले बताए। उनले तोकिएको समयसीमाभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिएका छन्। 

विदुर नपामा सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालित ८ वटा योजनामध्ये केही सञ्चालनमा आइसकेका छन् भने बाँकी योजनाहरू छिट्टै कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको मेयर राजन श्रेष्ठको भनाइ छ। 

सो सडक कुल १२ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको विदुर नपाले जनाएको छ। सडक निर्माणसँगै केन्द्रीय कारागार नुवाकोट जान तथा सर्वसाधारणलाई आवतजावत गर्न निकै सुविधा पुग्ने विदुर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.