कलंकीको बीच सडकमै कसले गर्‍यो गोलेको हत्या ?

कलंकीको बीच सडकमै कसले गर्‍यो गोलेको हत्या ?
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो ।

विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक गोले समूहका तीनजना घाइते भएका छन् । घाइते हुनेमा नागढुंगाका सन्दिप भुजेल, हेटौडाका पवन तामाङ, चन्द्रागिरीका पासाङ शेर्पा रहेका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का,विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो । घटना हुनासाथ प्रहरी पुग्दा गहिरो चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए । उपचारका लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो । 

प्रहरीका अनुसार कुटपिट तथा हत्यामा संलग्न १७ जनालाई नियन्त्रणमा लिइएको छ । यो विवादको सुरू भने होली खेल्ने दिनबाट सुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार,होलीको अघिल्लो दिन अभय गोले र नैकाप घर भएका निश्चल मगरबीचमा विवाद भएको थियो । विवाद हुँदा अभयले निश्चललाई झापड हानेका थिए । सोही विषयमा दुई समूहबीच विवाद बढ्दै गएको थियो । निश्चलका साथी रोहित खड्काले अभयलाई भेटेर साथीभाइलाई किन कुटपिट गरेको भन्दै प्रश्न गरेका थिए । खड्कागाँउका स्थानीय रोहित साथीभाइमाझ 'खरायो' उपनामले समेत चिनिन्छन् । यसैक्रममा उनको मोबाइल हरायो । 

रोहितले अभयसँग भेटेर विवादको विषय सुल्झाउन खोजेका थिए । यसैक्रममा अभयले हिम्मत भए सोमबार राति एलआरआई तिर आउनु भने सूचना पठाएका थिए । सोमबार राति अभय ४ जना साथीहरूसँगै उक्त  स्थानमा पुगेका थिए । रोहित समूहका २० जना पनि त्यहाँ पुगेपछि विवादले चर्को रुप लियो। विवादका क्रममा रोहित र निश्चल समूहले रड र खुकुरी प्रहार गरेर अभयको ज्यान लिए। घटनामा संलग्न निश्चल,अभय तथा अन्य दुईजना फरार रहेका छन् । 

प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता समेत रहेका उनीहरू झैंझगडा गर्ने र बरालिएर हिँड्ने गरेको खुलेको छ ।  आक्रमणमा संलग्न मुख्य आरोपित रोहितसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । अभय र रोहितको दुवै समूह कलंकी र नैकापमा सक्रिय छन् । उनीहरुले आफूहरूलाई 'बाईकर्स' समूहका नामले चिनाउने गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.