यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय औपचारिक रूपमा सार्वजनिक गरिएको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने र हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए। 

उनले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको भन्दै अहिलेको आवश्यकताका आधारमा निर्णय गरिएको बताए। उनले सरकारले गरेको निर्णयमा असहमति जनाउने अधिकार रहेको लोकतन्त्रमा विरोध हुनु स्वभाविक रहेको उल्लेख गरे। सरकारले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको कुलमानलाई हटाइएको उनले बताए।

बैठकले संक्रमणकालीन न्यायसंगसम्बन्धी अयाोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सवोच्चका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले बताए। मन्त्रिपरिषद्ले चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ भने राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्न उपप्रधान एवं अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्य सिफरिस समिति गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता गुरुङले बताए।

त्यस्तै बैठकले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगायतका २७ वटा निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.