ठाकुररामको स्थगित मतगणना बुधबार १ बजेदेखि

ठाकुररामको स्थगित मतगणना बुधबार १ बजेदेखि
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचनको मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारू हुने भएको छ। मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समितिको आयोजनामा बसेको विद्यार्थी संगठनका नेता र उम्मेदवारसहितको बैठकले मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

मंगलबारको बैठकले अवरुद्ध मतगणना बुधबार दिउँसो १ बजेदेखि सुचारु गर्नका लागि जिल्ला सुरक्षा समितिले क्याम्पस प्रशासन र निर्वाचन समितिलाई पत्र लेख्ने निर्णय गरेको प्रजिअ अर्यालले बताए।

बैठकले असन्तुष्ट विद्यार्थी संगठन/समूहले आरोप लगाएको फर्जी विद्यार्थी भर्ना,मतपेटिकाको सिल नम्बर फरक भेटिएको लगायतका विषयमा छानबिन र कारबाहीका लागि सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठनपनि गरिएको छ। उक्त समितिमा पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका साथै विद्यार्थी संगठनबाट पनि दुई जना सदस्य रहने प्रजिअ अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.