बैंकिङ कसूरमा काभ्रेका जिसस प्रमुख गौतम पक्राउ
काठमाडौं : जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन्। बैंकिङ कसूर मुद्दामा बुधबार बिहान गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी नेकपा एकीकृत समाजवादीका नेता समेत हुन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार गौतमविरुद्ध बैंकिङ कसूरमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
विभिन्न व्यक्तिसँग रकम लेनदेनमा दिएका चेक नसाटिएपछि उनीविरुद्ध जाहेरी परेको थियो। उनीमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !