दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको कमाण्डर

दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको कमाण्डर
सुन्नुहोस्

काठमाडौं : राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ । 

समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिए ।

उनले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको जिकिर गरे  ।

यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उनको भनाइ छ । संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा राखे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.