तीनकुने क्षेत्रमा कर्फ्यु जारी

तीनकुने क्षेत्रमा कर्फ्यु जारी
तस्बिर : सुनिता डंगोल

काठमाडौं : राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मचाएपछि तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए।

उनका अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।

ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडबुटी पुल, सिनामंगल चोक र तीनकुले पुल क्षेत्रमा कर्फ्यु लगाइएको उनले बताए। राजावादी समर्थित प्रदर्शनकारीले तीनकुनेस्ति एउटा घरमा आगजानी गरेका थिए। अहिले त्यस आसपासका पार्टीका कार्यालय, मिडिया र सरकारी कार्यालयहरू प्रदर्शनकारीले आगजनी प्रयास गरिएको प्रहरीले जानकारी दिएको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.