अन्नपूर्ण पोस्ट्को कार्यालयमा भएको आक्रमणप्रति शान्ति समाजको निन्दा
काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले अन्नपूर्ण पोस्ट्को कार्यालयमाथि भएको आक्रमणको निन्दा गरेको छ। समाजकी अध्यक्ष रेनुका पौडेलले मिडियामाथि गरिएको आक्रमण तोडफोड र आगजनी गर्नु गम्भीर भएको बताएकी छन्।
'शुक्रबार राजसंस्था पुनःस्थापनाका नाममा तीनकुने केन्द्रित आन्दोलनमा उत्रिएको समूहले हिंसात्मक र अराजक गतिविधि मच्चाई अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड र आगजनी प्रयास गरेको कुरा प्रकाशनमा आएको छ। यसरी आक्रमण, तोडफोड र आगजनी प्रयास गर्नु गम्भीर र निन्दनीय घटना हो। मानव अधिकार तथा शान्ति समाज यसको कडा भर्त्सना गर्दछ,' विज्ञप्ति जारी गर्दै समाजले भनेको छ।
प्रतिक्रिया दिनुहोस !