राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु

राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु
सुन्नुहोस्

काठमाडौं : राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। 

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए। उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए।

दाहालका अनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।

प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने, 'आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.