बानेश्वर-तीनकुने क्षेत्रको कर्फ्युको समय थपियो, शनिबार विहान ७ बजेसम्म रहने
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु शनिबार विहान ७ बजेसम्का लागि थपिएको छ। यसअघि आझ १० बजेसम्मका लागि भनिए पनि भोलिस विहान ७ बजेसम्म कर्फ्यु जारी रहने काठमाडौंका प्रमु जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मच्चाएपछि प्रशासनले बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको छ। जस अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस !