आन्दोलनको नाममा अराजकताको पराकाष्ठा

आन्दोलनको नाममा अराजकताको पराकाष्ठा
तस्बिर : सुनिता डंगोल।

काठमाडौं : आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा प्रदर्शनस्थल तीनकुने पुगे, दुर्गा प्रसाईं।  उनले प्रदर्शनकारीहरूलाई उक्साउँदै सुरक्षाकर्मीलाई गाली गर्न थाले। गाडीले पेलेर निधेषित क्षेत्र तोड्ने प्रयास गरे। त्यस क्रममा प्रहरीले रोक्न खोजे। तर, प्रसाईं भने पेलेरै अघि बढे। प्रसाईंले प्रहरीको पहिलो घेरा तोड्दै अघि बढ्दा प्रहरीले संयमता अपनाएका थिए। त्यसपछि प्रदर्शनकारी उग्र बनेका थिए। सुरक्षाकर्मीले बल प्रयोगको प्रयास गरेका थिए। 

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन्। प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेका छन्।  

null

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापा, ज्ञानेन्द्र शाहीलगायत नेता भने देखै परेनन्। पूर्वडीआईजी केशव अधिकारीका अनुसार, प्रसाईंको विवादित पृष्ठभूमिको सबैले हेक्का गर्नुपर्ने बताउँछन्। ‘कमान्डरले घोषणा गर्नुअघि नै आन्दोलनको बारेमा विस्तृत विश्लेषण गर्नुपर्ने हुन्छ। कुन तहका कार्यकर्तालाई सहभागी गराउने र कस्तो रणनीति अपनाउने  र  आन्दोलनको क्रममा अप्रिय घटना हुन सक्ने तर्फ पनि ख्याल गर्नुपर्ने हुन्छ,’ अधिकारी भन्छन्, ‘जुन व्यक्ति (दुर्गा प्रसाईं)लाई फिल्ड कमान्डको नेतृत्व सुम्पिने काम भयो। त्यो नै उपयुक्त व्यक्ति होइन।’ फिल्ड कमान्ड प्रसाईंलाई दिनेबित्तिकै राजावादी दल राप्रपाभित्र असन्तुष्टि थियो। त्यसकारण पनि राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरूले प्रदर्शनमा अनुपस्थित रहे।

नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले प्रसाईंलाई राजावादी आन्दोलनको कमान्डर बनाएको हो। बिहीबार दिउँसो आयोजित प्रेस मिटमा सुवेदीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिएका थिए। प्रेस मिट गर्नुअघि सुवेदी र प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा भेट गरेका थिए। पूर्वडीआईजी अधिकारी भन्छन्, ‘प्रदर्शनस्थलमा पुगेर प्रसाईंले गाडीभित्र चढेर हात हल्लाउँदै फिल्मी शैली शो गरे। प्रहरीसामु जुन ढंगले प्रसाईंले गाडी हुइँक्याए त्यो उत्तेजित गर्ने खालको थियो। तर पनि प्रहरीले संयमता अपनाए ।
 
सरकारले लोकतान्त्रिक, गणतान्त्रिक शासन व्यवस्थाको रक्षा गर्दै नागरिकलाई आफ्ना स्वतन्त्रताको निर्वाध रूपमा उपभोग गर्ने वातावरण कायम गर्नुपर्छ। नीलाम्बर आचार्य, पूर्वकानुनमन्त्री 

शान्तिपूर्ण माग र प्रदर्शन  गर्न पाइन्छ। तर, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्धका कुनै पनि कार्य सैह्य हुँदैन ।  गोपालकृष्ण घिमिरे, अध्यक्ष, नेपाल बार एसोसिएसन
 

प्रदर्शनकारीहरू  अराजक बन्दै गए।’ प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अ   श्रुग्याँस प्रहार गरेको थियो।अप्रिय घटना गराउने प्रपञ्च प्रसाईंको नेतृत्वमा  तीनकुने क्षेत्रको पूर्वघोषित निषेधित क्षेत्र तोड्न थालेपछि नै प्रदर्शनकारीहरू हिंसात्मक बन्न पुगेका थिए। अप्रिय घटना घटाउने सुनियोजित प्रपञ्चसहित प्रसाईं प्रदर्शनस्थलमा उत्रेको पाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता 

डा. टीकाराम पोखरेलका अनुसार, प्रदर्शनकारीहरू तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँबानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। डा. पोखरेलले भने, ‘प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको अनुगमनका क्रममा पाइएको छ।’

null

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले राजावादीको नाममा अराजकता प्रदर्शन भएको बताए। ‘धेरै लामो समयपछि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ,’ उनले भने, ‘शान्तिपूर्ण माग र  प्रदर्शन गर्न पाइन्छ। तर, असन्तुष्टिको बहानामा लोकतान्त्रिक गणतन्त्रात्मक  शासन व्यवस्था विरुद्धका कार्य लोकतन्त्रवादीलाई सैह्य हुँदैन।

विद्यमान संविधान तथा संरचनाहरू भत्काउनु जति सजिलो छ, पुनर्निर्माण त्यति नै गाह्रो छ। आन्दोलन गर्ने गराउनेले राष्ट्रिय जिम्मेवारी बोध गर्ने बेला हो यो । डा. विपिन अधिकारी, संविधानविद्

उपभोक्ता हित संरक्षण मञ्चका  अध्यक्ष एवं वरिष्ठ अधिवक्ता ज्योति बानियाँले व्यक्ति र सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउने आयोजक पक्षलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने बताउँछन्। वरिष्ठ अधिवक्ता बानियाँ भन्छन्, ‘ व्यक्तिका घर, कार्यालय, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउनेहरूलाई यथाशीघ्र पक्राउ गरी मुद्दा चलाउनु पर्छ। कानुनी कारबाही गरेर दण्डहीनताको अन्त्य गर्नुपर्छ।’

गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी  गर्दै पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार छन्।’

कानुनको उल्लंघन गर्ने जो सुकैलाई  कानुनी दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध छ।, छवि रिजाल, सहसचिव, गृह मन्त्रालय 

व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, सञ्चार गृहमा आगजनी गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्नेलगायत आपराधिक घटना भएको रिजालले बताए। उनले भने, ‘आपराधिक कार्यमा संलग्न सबैलाई पक्राउ गर्छौं। रेकर्डको आधारमा, इन्टेलिजेन्सको सूचनाको आधारमा सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौं।’

null

अप्रिय घटना घटाउने र प्रदर्शनकारीलाई उत्तेजित बनाउने अभिप्रायः  प्रमुख आयोजकहरूमा देखिएको पाइएको छ। अराजकता, अस्थिरता र अन्योल सिर्जना गरेर फाइदा उठाउने अभिप्राय देखिएको छ। गृह मन्त्रालयले प्रदर्शनस्थलमा प्रसाईंले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको दाबी गरेको छ।

निसानामा सञ्चारमाध्यम

सञ्चारमाध्यममाथि आक्रमण र आगजनी हुनु निन्दनीय छ। दण्डहीनताले जुन निरन्तरता पाइरहेको छ। त्यसको अन्त्य जरुरी छ।,  राजेन्द्र दाहाल, पूर्वअध्यक्ष, नेपाल प्रेस काउन्सिल

व्यवसायीका घरमा ढुंगा हानेका प्रदर्शनकारीले तीनकुनेस्थित कर्पोरेट टावरमा रहेको अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी गरे। कार्यालयमा  सञ्चारकर्मी एवं कर्मचारीहरू बसिरहेको बेला प्रदर्शनकारीले बाहिरबाट आगजनी गरेका थिए।  सुरक्षा गार्डहरूले आगो निभाएका थिए। त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षति पुगेको छ।

 प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ। प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन लक्षित गर्दै आक्रमण गरेका थिए। आक्रमणबाट कान्तिपुर कार्यालय साथै चौथो तल्लामा रहेको समाचार कक्षमा समेत क्षति पुगेको छ। त्यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्। आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।

यो क्षमायोग्य घटना होइन। व्यक्ति तथा राज्यविरुद्धको गम्भीर फौजदारी कसुर हो। यो घटनामा सम्बन्धित  सबैलाई पक्राउ गरी क्षतिपूर्ति भराई  हदैसम्मको सजाय गरियोस्।, ज्योति बानियाँ, अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च

 प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहाल बहुदलवादी नेताहरूले दण्डहीनतालाई संरक्षण गर्दा अराजक गतिविधिले बढावा पाउन थालेको बताउँछन्। ‘२०४६ सालपछि पनि राजनीतिक दलले  दण्डहीनतालाई प्रश्रय दिए। जसले जे गरे पनि हुन्छ भन्ने पाठ सिके। सञ्चारमाध्यममाथि आक्रमण हुन पुगे,’ वरिष्ठ पत्रकार दाहाल भन्छन्, ‘दण्डहीनताले जुन निरन्तरता पाइरहेको छ। त्यसको अन्त्य हुनु जरुरी छ।’

संविधान र व्यवस्था विरोधी प्रदर्शन

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, आयोगले चारवटा उच्चस्तरीय टोलीहरू बनाई अनुगमन गरेको थियो। काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरूद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ।

 आयोग प्रवक्ता डा. पोखरेलका अनुसार, अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीहरूबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका छन्। प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवाससमेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको छ। यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको छ।

संविधानविद् डा. विपिन अधिकारीका अनुसार, सरकार तथा आन्दोलन गर्ने ÷गराउनेले राष्ट्रिय जिम्मेवारी बोध गर्ने बेला हो यो। ‘यसै संविधान तथा यसको यथोचित सर्वपक्षीय प्रजातान्त्रिक सुधारका प्रक्रियाबाहेक अन्य बाटो पटक्कै मुलुकको हितमा छैन,’ संविधानविद् डा. अधिकारी भन्छन्, ‘विद्यमान संविधान तथा संरचनाहरू भत्काउनु जति सजिलो छ, पुनर्निर्माण त्यति नै गाह्रो छ।’

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन्छ। पूर्वकानुनमन्त्री नीलाम्बर आचार्यले सरकारले मुलुकमा शान्ति, अमनचयन कायम गर्नुपर्ने बताउँछन्। पूर्वकानुनमन्त्री आचार्य भन्छन्, ‘सरकारले गणतान्त्रिक व्यवस्थाको रक्षा गर्दै नागरिकका स्वतन्त्रताको निर्वाध रूपमा उपभोग गर्ने वातावरण कायम गर्नुपर्छ।’

आन्दोलनका नाममा अराजक गतिविधि 

मुठभेठको मुडमा रहेका राजावादी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरे। उनीहरूले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र घरमा तोडफोड, लुटपाट र आतंक मच्चाए। प्रदर्शनकारीले सवारीसाधन जलाए। गणतन्त्रविरुद्ध नारा लगाउँदै अराजक प्रदर्शनमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले  शुक्रबार कर्फ्यु जारी गरेको छ। राजावादीका नाममा भएका अराजकता र लुटपाट रोक्न नेपाली सेनालाई नै खटाइएको छ।  

विवादित पृष्ठभूमि भएको व्यक्ति (दुर्गा प्रसाईं)लाई फिल्ड कमान्डको नेतृत्व सुम्पिने काम उपयुक्त होइन। प्रदर्शन अराजक बनाउन प्रसाईं फिल्मी शैलीमा देखा परे।  केशव अधिकारी, पूर्वडीआइजी, नेपाल प्रहरी

राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलनको नाममा गरिएको प्रदर्शनले उग्ररूप लिएपछि कफ्र्यु जारी भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बिहीबार अपराह्न ४ बजेर २५ मिनेटदेखि भोलिपल्ट शनिबार बिहान ७ बजेसम्म तीनकुने बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका थिए। प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार, चार किल्ला तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी भएको हो। 

बानेश्वर तीनकुने क्षेत्रतर्फ गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म कफ्र्यु जारी गरिएको छ। त्यस्तै कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म  कफ्र्यु आदेश जारी भएको हो। बानेश्वर तीनकुने क्षेत्रतर्फ गौशालादेखि एयरपोर्टसम्म कफ्र्यु आदेश भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। प्रदर्शनकारीको अराजक गतिविधिविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, शान्ति समाजलगायतका विभिन्न संघसंस्था एवं प्रबुद्ध व्यक्तिहरूले निन्दा गरेका छन्। सुरुमा राजसंस्था पुनस्र्थापनाको माग गर्दै तीनकुने क्षेत्रमा नारा, जुलुस गरेका थिए। जब संयुक्त जनआन्दोलनका कमान्डर घोषित दुर्गा प्रसाईं झुल्किए। प्रदर्शनकारीहरू उग्र बन्न थाले। प्रहरीमाथि ढुंगा प्रहार गर्न सुरु गरे। तीनकुनेको चौरमा प्रदर्शन रोक्दै प्रदर्शनकारी आगजनीमा नै उत्रिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.