टुँडीखेलमा यस्तो देखियो घोडेजात्रा (फोटो फिचर)
काठमाडौं : चैत कृष्ण औंसीको अवसरमा शनिबार काठमाडौं उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ। काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।
परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।
घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो। नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !