तयारी योजनाबद्ध, गृह मूकदर्शक

इन्टेलिजेन्स हेरेको हेर्‍यै !

इन्टेलिजेन्स हेरेको हेर्‍यै !
तीनकुनेको आन्दोलन
सुन्नुहोस्

वयोवृद्ध नवराज सुवेदीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनको संयोजक बन्ने आँट गरे। यसका पछाडि उनका दुई उद्देश्य थिए, पहिलो पूर्वराजा ज्ञानेन्द्र शाहका बुवा महेन्द्रले २५ वर्षमै मन्त्री बनाएको गुन तिर्ने र दोस्रो जीवनको उत्तरार्धमा शक्तिमा रहने। 

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटघाटका क्रममा सुवेदीले तत्कालीन राजा महेन्द्रबाट राजनीतिक रूपमा आफू दीक्षित भएको बताएका थिए। उनको गुन तिर्न तयार रहेको उनले प्रतिबद्धता जनाएका थिए। उनको प्रतिबद्धता र उमेरका हिसाबले पनि संयोजन गर्न सक्ने हैसियत रहेको पूर्वराजा ज्ञानेन्द्रको आकलन थियो। ज्ञानेन्द्रका संवाद सचिव फणी पाठकसँग उनको टेलिफोन सम्पर्क भइरहन्थ्यो। पाठकले भेटघाटको समय मिलाएर सुवेदीलाई बोलाउँथे। ज्ञानेन्द्र र नवराजबीच घण्टौं संवाद हुन्थ्यो। पूर्वराजा ज्ञानेन्द्रले पुनः सिंहासनमा चढ्ने परिकल्पना गरे, र सार्वजनिक रूपमै अभियानलाई तीव्रता दिए। सडक आन्दोलन गर्ने खाका तयार भएपछि फागुन ७ गते प्रजातन्त्र दिवसमा उनले आफूहरूले राजगद्दी त्यागेको विषयलाई ‘कमजोरी नठान्न’ दलहरूलाई चेतावनी दिए। उनले भने, ‘व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो।’ 

त्यसलाई राजनीतिक दल र सुरक्षा निकायले हल्का ढंगले लिए। त्यसलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दासमेत बेवास्ता भयो। फागुन २५ गते गोरखामा ‘स्वागत–सवारी’ आयोजना गरियो। पूर्वराजा ज्ञानेन्द्रले चैत १४ गते प्रसाईंलाई ‘जनकमान्डर’ तोके। जुन कुरा प्रसाईंले साँझ नै सार्वजनिक गरेका थिए। उनको विगतले पनि उनी कस्ता हुन्, उनले कमान्ड गर्ने कार्यक्रम कस्तो हुन्छ भन्ने गृह प्रशासनले आकलन गरेन। पूर्वतयारी गर्न र सम्भावित हिंसात्मक प्रदर्शनलाई निस्तेज पार्ने रणनीति बनाउन चुक्यो।

योजनामा सावधानी, सुरक्षामा खेलाँची 
स्रोतका अनुसार, सुवेदीले एकातिर पूर्वराजा ज्ञानेन्द्रसँगको भेटघाट र राप्रपाका शीर्ष नेताहरूसँगको छलफललाई समानान्तर रूपमा अघि बढाएका थिए। ‘टेलिफोनबाट छलफल गर्दा गृह प्रशासनले निगरानी गर्ने भएकाले प्रत्यक्षरूपमै भेट्ने योजना बनाइएको थियो,’ राप्रपाका एक नेताले भने, ‘डिनर भेटघाटको निहुँमा छलफल हुन्थ्यो।’

सुवेदीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘दाइ’ सम्बोधन गर्छन्। लिङदेनले सुवेदीलाई ढाडस दिँदै भन्थे, ‘दाइको नेतृत्वमा मेरो कुनै आपत्ति हुँदैन।’ त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मि श्र, महामन्त्री धवलशमशेर राणा, हरि बस्नेतलगायत उनीसँग घरमै गएर भेटघाट गर्थे। पार्टी अध्यक्ष लिङ्देनको नेतृत्वमा वरिष्ठ नेताहरू अटाउन नसक्ने भएकाले नेतृत्व लिँदा धेरैको सहभागिता हुने सुझाएका थिए। पूर्वगृहमन्त्री कमल थापाले पनि सुवेदीलाई अघि बढ्न हौस्याएका थिए। राप्रपासँग चिढिएका दुर्गा प्रसाईंले पनि सुवेदीलाई उकासेका थिए। 

आन्दोलनको अघिल्लो दिन चाबहिलमा गरिएको प्रेस मिटमा सुवेदीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिएका थिए। यी सबै परिघटनालाई गृहले गम्भीरतासाथ लिँदै लिएन। 

कमान्डर कस्ता ? खोइ बुझेको ? 

पूर्व योजनाअनुरूपै चैत १५ गते तीनकुनेमा मञ्च बनाउनभन्दा सडकमा प्रदर्शनकारीको भीड जम्मा गर्न मि श्र र राणा खटिए। जनकमान्डर घोषित प्रसाईं तीनकुनेचोक नजिकै एक घरभित्र भीडको प्रतक्ष्ीाामा बसे। जब भीड जम्मा हुन थाल्यो, प्रसाईं मञ्चमा पुगेर प्रदर्शनकारीतर्फ अवलोकन गरे। केही प्रदर्शनकारीले उनलाई फिल्डमै खटिन हौस्याए। त्यसपछि प्रसाईं गाडीमा चढेर प्रहरीसँग मुडभेड गर्ने उद्देश्यकासाथ स्टेरिङ घुमाउन थाले।

तीनकुनेमा फिल्डमा खटिएका एक प्रहरी अधिकृतका अनुसार, सुरक्षा नेतृत्वले प्रसाईंको चाबी खोस्न मात्र वाकिटकीबाट निर्देशन दिएको थियो। ती प्रहरी अधिकृतले भने ‘प्रसाईंको गाडीले प्रहरीको घेरा तोड्ने बेला चाबी खोस्न भन्दा टायरमा गोली हान्न आदेश दिएको भए जनधनको क्षति हुँदैनथ्यो ?’

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतका अनुसार, प्रदर्शनलाई कसरी मुठभेडमा पुर्‍याउने भन्ने पूर्वयोजना बनाएको पाइयो। ‘मिश्र र राणाले भीडलाई अघि बढौं भन्दै माइकबाट एकत्रित गर्न लागे। भीड जम्मा भएका बेला घोषित योजनालाई मूर्तरूप दिने काम प्रसार्इंले गरे,’ अनुसन्धान विभागका ती अधिकृत भन्छन्, ‘सुवेदी र प्रसाईंको निगरानी गर्नेदेखि राप्रपाका नेताको भेटघाटसम्मको सूचना संकलन गर्ने काममा चुकियो। सबै घटना हेरेको हेर्‍यै भइयो।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.