तीनकुने क्षेत्रमा प्रहरीले ५८ राउन्ड गोली चलाउँदा दुई महिलासहित २० जना घाइते

तीनकुने क्षेत्रमा प्रहरीले ५८ राउन्ड गोली चलाउँदा दुई महिलासहित २० जना घाइते
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीले शुक्रबार तीनकुनेमा प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको बताएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उत्तेजित भीड हिंसात्मक रूपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी दिनेश आचार्यले बताए। 

प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रबार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए। तीनकुने घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताए। आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रुग्यास र १९२ पटक ब्ल्यांक फायर भएको उल्लेख गरे।

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रबार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताए।

त्यसपछि दुर्गा प्रसाई नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको उनले बताए। प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाई र रविन्द्र मिश्रले संसद भवन, सिंहदरबार र विमानस्थल कब्ज गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुंगामुढासमेत भएको प्रहरीले जनाएको छ। प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको बताए। 

प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो भन्ने कुरामा कुनै सत्यता नरहेको र भयावह अवस्थालाई नियन्त्रणमा लिन बल प्रयोग गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.