प्रदूषण बढेपछि काठमाडौंमा हप्ताको दुई दिन बिदा र जोरबिजोर सवारीसाधन चलाउने विषयमा छलफल

प्रदूषण बढेपछि काठमाडौंमा हप्ताको दुई दिन बिदा र जोरबिजोर सवारीसाधन चलाउने विषयमा छलफल
सुन्नुहोस्

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको पनि जिकिर गरे। उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए।
 
छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुनसक्ने संकेत गरेको वन मन्त्रालयका सचिव दीपक खरालले बताए। विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए। 

वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउन सरकारलाई सुझाव दिए। त्यस्तै विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने बताए। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए। 

राट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटर साइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने बताए। छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रूपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.