थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन्। बाह्रखरीले गोकर्णमा आयोजना गरेको ‘एनसेन-बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अत्यन्त फलदायी कार्य भएको बताए। 

बिम्स्टेकको छैटौं शिखर सम्मेलनबाट स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसंख्या रहेको भन्दै दक्ष जनशक्ति तयार गरेर विकासको गति बढाउनुपर्ने बताए। 

'देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ। तीब्ररूपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ। हामीले राम्रा कानुन बनाइ ती कानुनको सहीरूपमा कार्यान्वयन हुनुपर्छ,' उनले भने।

जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्ने उनले बताए। 'हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौं। सम्भावनाहरू धेरै राम्रा छन्। थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरू खुलेको छ,' उनले थपे।

प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेकवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढाउन संसद्बाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्दै सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमाम लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.