मूल्य नपाउँदा किसानले टिप्नै छाडे गोलभेंडा

मूल्य नपाउँदा किसानले टिप्नै छाडे गोलभेंडा
सुन्नुहोस्

मलंगवा : गोलभेंडाले बजारमा मूल्य नपाउँदा सर्लाहीका किसानहरू गोलभेंडा टिप्न छाडेका छन्। गोलभेंडाका लागि पकेट क्षेत्र मानिएका सर्लाहीका उत्तरी भेगका किसानहरू बजारमा गोलभेंडाको बिक्री भाउ कम भएपछि गोलभेंडा टिप्न छाडेका छन्। 

प्रतिकिलो २-४ रुपैयाँमा बिक्री हुन्छ। बजार भाउ नभएपछि किसानहरू गोलभेंडा टिप्न छाडेका छन्। टिप्न छाडेपछि गोलभेडा खेतमै सड्न थालेको किसानहरू बताउँछन्। बजारमा मूल्य नपाएपछि गोलभेडा किसान अहिले चिन्तित बनेका छन्। 

बजारमा अहिले २ देखि ४ रुपैयाँसम्म प्रति किलो गोलभेंडा बिक्री हुने गरेको हरिवन नगरपालिका ३ का धारटोलका किसान परीक्षण महतोले बताएका छन्। बजारमा मूल्य नपाएपछि यसवर्ष गोलभेंडा खेतीबाट लागतसमेत उठ्न नसकेको महतोको गुनासो छ। 

खेत खनजोत, रोपाई, गोडभेंलमा थुप्रै लगानी भयो। अहिले बजार भाउ छैन। सुरुमा ठीकै थियो। अहिले बाहिरबाट आएको गोलभेंडाले गर्दा नेपाली गोलभेडाको भाउ कम भएको हो।

बिक्री मूल्यभन्दा बजार लान बढी खर्च लाग्छ। ‘गाडीमा राखेर बजार लग्न बढी खर्च हन्छ,‘महतोले भने, ‘बिक्री मूल्य थोरै छ, लागनी थेरै छ।’ टेम्पो वा गाडामा बिक्री गर्न बजार लैजानु पर्छ। टिप्नका लागि खेतालाले पनि पैसा लिन्छ। 

किसानले गोलभेंडा टिप्न छाडेपछि गाउँघरकै मानिसहरू टिपेर खान थालेको कमल महतोेले बताए। टिपेर बजार बिक्री गर्नुभन्दा बढी खर्च नै हुन्छ। बरु खेतमै सडोस तर, टिपेर बिक्री गरिँदैन। बिक्री भाउ कम भएपछि यसवर्ष लागतसमेत उठ्न कठिनाइ भएको कमलले बताए। 

उनका अनुसार सुरुमा एक क्यारेट गोलभेंडा २५ सयदेखि ३ हजार सम्ममा बिक्री हुन्थ्यो। अहिले ५० रुपैयाँमा पनि बिक्री हुँदैन। हाम्रो बजार भनेको लालबन्दी, नवलपुर, हरिवन हो। यतातिर पनि बाहिरबाट आएको गोलभेंडा देखिन थालेको छ। 

सर्लाहीका गोलभेंडा काठमाडौं, पोखरालगायत देशका विभिन्न बजारमा बिक्री हुन्छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.