इन्डियन प्रिमियर लिग : पञ्जाबको पहिलो हार,राजस्थानले दर्ता गर्यो दोस्रो जित

इन्डियन प्रिमियर लिग : पञ्जाबको पहिलो हार,राजस्थानले दर्ता गर्यो दोस्रो जित
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा पञ्जाब किङ्सलाई ५० रनले हराउँदै राजस्थान रोयल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। मुलानपुरस्थित,महाराजा यादवेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले  गुमाउँदै २०५ रन बनाएको थियो। 

राजस्थानले दिएको २०६ रनको लक्ष्य पछाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो। पञ्जाबका लागि नेहाल बडेराले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

ओपनिङमा आएका प्रियान्स अर्या डकाउट हुँदा अर्का ओपनर प्रवसिम्रन सिंहले जम्मा १७ रन जोडे। आज कप्तान श्रेयस अय्यरको ब्याट पनि चल्न सकेन। उनले जम्मा १० रन जोडे। पन्जाबको पछिल्लो दुई जितमा लगातार ५० माथि रन बनाइरहेका कप्तान अय्यरको आज भने राम्रो प्रदर्शन रहेन।

ग्लेनम्याक्सवेलले ३० र सशांक सिंहले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पन्जाबलाई रोक्न राजस्थानका बलर जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। सन्दीप शर्मा र महेश थेक्साना ले समान २/२ विकेट कुमार कार्तिक्य र वानिन्दु हसरङ्गाले  १/१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको थियो। राजस्थानका लागि ओपनरबाट यसस्वी जैसवालले सर्वाधिक ६७ रनको पारी खेले। उनले ४५ बलमा तीन चौका र पाँच छका प्रहार गरे। अर्का ओपनर कप्तान सन्जु श्यामसनले ३८ रन बनाए। रियान परागले ४३, नितेश रानाले १२, सिमरन ह्याटमायरले २० रन बनाउँदा ध्रुप जुरेल १३ रनमा अविजित रहे। पन्जाबका लागि बलिङतर्फ लोकी फेरगोशनले सर्वाधिक २ विकेट लिए। अर्शदीप सिंह र मार्को जान्सनले समान १/१ विकेट लिए।

पहिलो दुई खेलमा हार बेहोरेको राजस्थानले पछिल्ला दुई खेलमा भने सुखद नतिजा हात पारेको छ। पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले हारेको राजस्थान दोस्रो खेलमा कोलकता नाइट राइटरसँग ८ विकेटले पराजित भएको थियो। लगातारको दुई हारपछि तेस्रो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ६ रनले हराएको थियो।

पन्जाबले भने प्रतियोगिताको तेस्रो खेल खेलेको हो। लगातार दुई खेल मा जित हात  दर्ता गर्दै खेलिरहेको पन्जाबको जितमा राजस्थान रोयल्सले ब्रेक लगाएको छ। पन्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको थियो । दोस्रो खेलमा लखनउ सुपर जायन्सलाई ८ विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.