प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। मंगलबार ३ अंकले घटेर बन्द भएको नेप्से आज यो समयमा १५.१८ अंकले बढेर २६८१.८० विन्दुमा पुगेको हो।
यो सेसनमा ६९ स्क्रिप्सको २ हजार २९९ कित्ता सेयर १५ लाख ९९ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३८ स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो। यो समयमा २ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !