काठमाडौं उपत्यकालगायत केही जिल्लामा हल्का वर्षा
काठमाडौं: बुधबार दिउँसो काठमाडौं उपत्यकासहित केही जिल्लामा हल्का वर्षा भइरहेको छ। उपत्यकालगायत झापा,सुनसरी,सिन्धुपाल्चोक,सल्यान,दाङलगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबार रातिसम्म विभिन्न स्थानमा वर्षाको संभावना रहेको बताएकी छन्। उनका अनुसार बुधबार विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशका साथै अन्य क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
बिहीबार कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ। बिहीबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ। पश्चिमी वायु,स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीका कणसहितको हावाको प्रभावले यस्तो मौसमी अवस्था आएको उनले बताइन्।
वायु प्रदूषणका कारण आँखा पोल्ने,घाँटी दुख्ने,छातीको समस्या लिएर अस्पताल धाउने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !