'हल्का वर्षा' भनेको के हो ?

'हल्का वर्षा' भनेको के हो ?
सुन्नुहोस्

काठमाडौं : बुधबार  काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा 'हल्का वर्षा' भइरहेको  जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर,यो हल्का वर्षा भनेको के हो? अथवा कति मिलिमिटरसम्म पानी परेमा हल्का वर्षा भनिन्छ । यसबारे सबैको चासो हुनु स्वभाविक हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी परेमा यसलाई हल्का वर्षा भनिन्छ। यसको मतलव आज उपत्यकासहित विभिन्न जिल्लामा १० मिलिमिटरभन्दा बढी पानी परेको छैन।

विभागका अनुसार १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई मध्यम वर्षा भनिन्छ। यसैगरी ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। १०० मिलिमिटरदेखि २०० सय मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी वर्षा भनिने विभागले जनाएको छ। 

२४ घण्टमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई अतिभार भारी वर्षा भनिन्छ। विभागका अनुसार आकाशबाट परेको पानीलाई मिलिमिटरमा नापिन्छ।

आज उपत्यकालगायत  झापा,सुनसरी,सिन्धुपाल्चोक,सल्यान,दाङलगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  वर्षा भएपछि काठमाडौंलगायत  विभिन्न सहरहरूमा बढ्दै गएको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.