एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा खड्का चयन

एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा खड्का चयन
सुन्नुहोस्

विराटनगर : नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता थापा खड्का चयन भएकी छन्। 

सुनसरीको इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट बिहीबार उनी सर्वसम्मत अध्यक्ष बनेकी हुन्। निर्वाचन प्रक्रिया रोकेर केन्द्रीय नेतृत्वले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेको स्रोतले बतायो। पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्ट लगायतको पनि दाबी थियो। 

तर, अन्य आकांक्षीलाई पछि पार्दै खड्काले बाजी मारेकी छन्। नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भनिएको थियो। तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन्। 

संखुवासभाकी खड्का कोशी प्रदेशकी पूर्वसांसद हुन्। नेकपा (एमाले)का नेता एवं संविधानसभा सदस्य स्वः डम्बरबहादुर खड्काकी पत्नी पनि हुन्। पार्टीको प्रदेश कमिटी सचिवमा खोटाङका जलेश्वर राई चयन भएका छन्। 

उपसचिवमा भवानी शंकर चयन भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए। प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ। प्रदेश कमिटीको पहिलो बैठकले रिक्त रहेको पदमा मनोनयन गर्ने आलमले बताए। प्रदेश कमिटी १९१ सदस्यीय हुने जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.