बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नवलपुर : बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको हो।
डाइभर्सन पुन: बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उता दाउन्नेमा सडक चिप्लो हुँदा मालबाहक साधनहरू सञ्चालन भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस !