अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : प्रचण्ड

अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन्। आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने जिकिर गरे।  उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे।

प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको बताए। उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरे।

त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न,राजनीतिक दलहरूलाई आत्मसमीक्षा,आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने दावी गरे। उनले  नयाँ संकल्प गर्नका लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.