एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी

एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी

विराटनगर : नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा संस्थापन इतर पक्षका बलराम गिरी (नवीन) विजयी भएका छन् । एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट गिरीको प्यानलै विजयी भएको हो । 

विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पछि पार्दै गिरी निर्वाचित भएका हुन् । उनले १ सय ७३ मत पाउँदा कोइरालाको पक्षमा १ सय २१ मत मात्रै प¥यो ।  

उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज) १ सय ४५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राम पोखरेलले १ सय ३६ मत ल्याए । सचिवमा विज्ञान शर्मा चापागाईँ १ सय ८३ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी नवराज काफ्लेले १ सय ४ मत पाए । 

उपसचिवमा हमिद आजाद १ सय ७८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी चन्द्रशेखर विश्वास ९८ मतबाट अघि बढ्न सकेनन् । महिला उपसचिवमा १ सय ६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेमकला डाँगी (कला) १ सय ११ मतमा सीमित भइन् । 

यसअघि एमाले मोरङको जिल्ला अधिवेशनबाट पनि इतर पक्ष विजयी भएको थियो । एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेदेखि सुरु भएको थियो । वैशाख ३ गतेसम्म चल्ने भनिएको अधिवेशन १ दिन ढिला गरेर सम्पन्न भएको छ । बुधबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्दसत्र स्थगित हुँदा तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न सम्भव भएन ।  

पार्टीको नयाँ नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गिरी पार्टीको इतर अर्थात् विनोद ढकाल पक्षका उम्मेदवार थिए । कोइराला पार्टीको संस्थापन पक्षका उम्मेदवार हुन् । अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि रहेकामा बिहीबार राति मतदान सम्पन्न हुँदा ३ सय ८ मत खस्यो । ६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे । 

नवनिर्वाचित अध्यक्ष गिरीले विराटनगर महानगरभित्र पार्टीलाई मजबुत बनाएर लैजान भूमिका खेल्ने बताए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.