मोदी र एलोन मस्कबीच संवाद, के भयो छलफल ?

मोदी र एलोन मस्कबीच संवाद, के भयो छलफल ?
सुन्नुहोस्

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्बपति तथा अमेरिकी प्रशासनका डीओजीई (सरकार दक्षता विभाग) प्रमुख एलोन मस्कसँग संवाद गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा मस्कसँग संवाद भएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा  लेखेका छन्, ‘मैले एलोन मस्कसँग विभिन्न विषयहरूमा छलफल गरेँ । यसमा यस वर्षको सुरुमा वाशिंगटन डीसीमा भएको हाम्रो बैठकमा छलफल गरिएका विषयहरू समावेश छन् ।’

प्रधानमन्त्री मोदीले आफूहरुबीच प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोगको अपार सम्भावनाको बारेमा छलफल भएको बताए । भारत यी क्षेत्रहरूमा अमेरिकासँगको साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।  

प्रधानमन्त्री मोदीले फेब्रुअरीमा अमेरिकाको भ्रमण गरेका थिए । यसै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलोन मस्कसँग भेट गरेका थिए । –बीबीसीबाट 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.