प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशीलाई

जिल्लास्तरीय महिला भलिबलको उपाधि म्यागङलाई

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशीलाई
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको दुप्चेश्वरमा सञ्चालित छैटौं दुप्चेश्वर कप बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। यसका साथै नुवाकोट जिल्ला अन्तरगाउँपालिका स्तरीय महिला भलिबल प्रतियोगितासमेत सम्पन्न भएको छ। 

दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित सो प्रतियोगिताको शुक्रवार भएको फाइनल खेलमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाले बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको हो। धादिङको रुविभयाली गापा भलिबल समूह उपविजेता भएको छ। 

प्रतियोगितामा आयोजक नुवाकोटको दुप्चेश्वर गाउँपालिका तृतीय र म्यागङ गापाले सान्त्वना पुरस्कार हात पारेको छ। प्रतियोगिताको विजेताले एकलाख ११ हजार एकसय ११, उपविजेताले ५५ हजार पांचसय ५५, तृतीयले ३३ हजार तीनसय ३३ र सान्त्वनाले १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार थापेका छन्। 

जिल्लास्तरीय महिला भलिबलतर्फ म्यागङ गापाले उपाधि जितेको छ। आयोजक दुप्चेश्वर उपविजेता र लिखु गापा महिला भलिबल समूह तृतीय भएको छ। महिलातर्फ विजेताले ५५ हजार, उपविजेताले ३३ हजार तीनसय ३३, तृतीयले १५ हजार पाँच सय ५५ र सान्त्वनाले सात हजार सात सय ७७ रुपैयाँ राशीको पुरस्कार हात पारेका छन्। 

नगद पुरस्कारका साथ शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको आयोजक दुप्चेश्वर गापा खेलकुद शाखाका गोकर्ण गुरागाईंले बताए। विजेता तथा उपविजेतालाई पूर्व कृषि राज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.