दुग्ध उत्पादक किसानले डेरीमै पाए अनुदान

दुग्ध उत्पादक किसानले डेरीमै पाए अनुदान
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा दुग्ध उत्पादक किसानलाई अनुदान पाएका छन्। नियमित रूपमा दूध उत्पादन गरिरहेका किसानहरूलाई स्थानीय तहमार्फत दूध उत्पादक किसान प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान रकम वितरण गरिएको हो।

बागमती प्रदेश सरकारले उपलब्ध गराएको सो कार्यक्रमअन्तर्गतको दूधको अनुदान रकम विदुर नगरपालिकाले वितरण गर्न सुरु गरेको हो। ग्रामीण किसानहरूलाई दूध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले अनुदान बापतको रकम वितरण सुरु गरेको हो।

नगरपालिकाले स्थानीय कृषकहरूलाई दूध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो। ‘किसानलाई दूधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तीमा १० लिटर भन्दामाथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकहरूलाई प्रतिलिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो।

नगरपालिकाले यस कार्यक्रमका लागि किसानले दैनिक रूपमा बिक्री गरिरहेको दूध डेरीमै पुगेर अनुदान रकम हस्तान्तरण गरेको हो। विदुर नगरपालिका–५ स्थित देवीघाटमा रहेको त्रिशूली डेरी सप्लायर्समा नियमित दूध बिक्री गरिरहेका दूध बिक्रेता कृषकहरूलाई पहिलो चरणको अनुदान रकम हस्तान्तरण गरिएको हो।

विदुर नपाका मेयर राजन श्रेष्ठले दूध डेरीमै पुगेर अनुदानबापत प्राप्त रकम किसानलाई हस्तान्तरण गरे। कार्यक्रमअन्तर्गत नगरपालिकामार्फत पहिलो चरणमा दुई महिनाको अवधि (पुस–माघ) मा लिइएको तथ्यांकका आधारमा दैनिक कम्तीमा १० लिटर दूध त्रिशूल डेरीमा बिक्री वितरण गरिरहेका ५१ जना किसानलाई प्रदान रकम प्रदान सुरु गरिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.