आन्दोलनका कार्यक्रम रोक्न कर्मचारी ट्रेड युनियनलाई महामन्त्री थापाको आग्रह

आन्दोलनका कार्यक्रम रोक्न कर्मचारी ट्रेड युनियनलाई महामन्त्री थापाको आग्रह
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् ।  

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामती विधेयकमाथि तीव्र रूपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरी आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन् । 

यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । थापाले कर्मचारीहरूले आन्दोलनका विषयमा पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । अहिले राम्रो वातावरण बनिरहेको अवस्थामा वातावरण बिग्रन दिन नहुने उनले बताए । 

त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले शिक्षक आन्दोलनबाट प्रभावित भएर आन्दोलनको बाटो नखोज्न कर्मचारी संगठनलाई सुझाव दिए । कर्मचारी संगठनहरुले सडकमा जाने बहाना खोजिरहेको भन्दै उनले जिम्मेवार भएर समयमा नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए । 

सांसद श्रेष्ठले जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति आउन थाले आफ्नो सम्मानका लागि सडकमा जाने अवस्था आउने अवस्था सिर्जना हुने जिकिर गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.