निसानको ३ दिने प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प

निसानको ३ दिने प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प
सुन्नुहोस्

काठमाडौं : नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि(मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ ।

नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते ९तदनुसार अप्रिल २३, २४, र २५, २०२५० मा देशव्यापी रूपमा सञ्चालन भइरहेको छ । यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको छ । 
‘प्रि(मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक(अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निस्शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २०५ छुट प्राप्त गर्नेछन्, अनि १५५ छुट मा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’, र ‘ब्रेकप्याड तथा सु’मा १०५ छुटबाट लाभान्वित हुन सक्नेछन् । 

यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक(अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् ।

पायोनियर मोटो कर्प, यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास राख्दछ । पायोनियर मोटो कर्प, सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको चेकपोइन्टमा जानुभई यो ‘निसान प्रि(मनसुन नेसनवाइड सर्भिस क्याम्प’मा छुट तथा सुविधाहरूबाट लाभान्वित हुन आह्वान गर्दछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.