लोकतन्त्र शब्दमा नभई आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : महामन्त्री थापा

लोकतन्त्र शब्दमा नभई आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : महामन्त्री थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र शब्दमा नभएर आचरण, सोच र कार्यशैलीमा देखिनु पर्ने बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन । लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ ।’

महामन्त्री थापाले समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस् भन्दै शुभकामना दिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.