पहलगाम आक्रमणबारे मोदीले भने– आतंककारीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइनेछ

पहलगाम आक्रमणबारे मोदीले भने– आतंककारीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइनेछ
सुन्नुहोस्

काठमाडौं : मंगलबार जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा पहलगाम आक्रमणबारे प्रधानमन्त्री मोदीले आक्रमण गर्ने आतंककारीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइने बताएका हुन् ।

उनले भने,‘भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छोड्ने छैनौं । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।’

प्रधानमन्त्री मोदीले न्याय सुनिश्चित गर्न जस्तोसुकै प्रयास गरिने बताए । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति आफूहरुको साथमा रहेको उनले बताए । भारतको साथमा उभिएका देश र जनतालाई उनले धन्यवाद पनि दिए ।  

उनले भने,‘आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन् त्यसबाट सम्पूर्ण राष्ट्र दुःखी छ । यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्नो भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन् । सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ ।’

प्रधानमन्त्री मोदीले आतंककारीले पर्यटकहरूमाथि मात्र नभइ भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेको बताए । उनले आक्रमण गर्ने आतंककारीहरू र आक्रमणको षड्यन्त्र गर्नेहरूलाई कल्पना गर्न सक्नेभन्दा पनि खराब सजाय दिइने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.