नेपालको वित्तीय क्षेत्र सम्पत्ति १४७ खर्ब

नेपालको वित्तीय क्षेत्र सम्पत्ति १४७ खर्ब
सुन्नुहोस्

काठमाडौं : नेपालका वित्तीय क्षेत्रको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ सम्ममा १४६ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँबराबर पुगेको छ। अघिल्लो आवमा यस्ता वित्तीय संस्थाको कुल सम्पत्ति १३० खर्ब ६७ अर्ब रुपैयाँ हाराहारीमा थियो। वर्षकै अन्तरमा नेपालको वित्तीय क्षेत्रको कुल सम्पत्ति १२.४४ प्रतिशत अर्थात १६ खर्ब २५ अर्ब रुपैयाँले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन अनुसारमा मुलुकभित्र भएका सम्पूर्ण वित्तीय संस्थाहरूको कुल सम्पत्ति बढ्दो क्रममा देखिन्छ। गत असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरू र यसबाहेकका सहकारीहरू, गैर बैंकिङ क्षेत्र (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष), बिमा कम्पनीहरू र बजार पुँजीकरणसहितको सम्पत्ति बढेको प्रतिवेदनमा उल्लेख छ। तर, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पुँजीकरणबाहेक अन्य वित्तीय संस्थाहरूको कुल सम्पत्ति १११ खर्ब ३६ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ। 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन मध्यसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले नेपालको कुल वित्तीय प्रणाली सम्पत्तिको लगभग ८० प्रतिशत हिस्सा ओगटेका छन्। यद्यपि वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा थोरै घटेको छ। वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्वको ७८.२६ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूले ओगटेका छन्। अझ सबैभन्दा बढी वाणिज्य बैंकहरूको सम्पत्ति सबैभन्दा बढी अर्थात् ६५.०४ प्रतिशत किस्सा ओगटेको छ। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको मात्रै कुल सम्पत्ति ७२ खर्ब ४२ अर्ब रुपैयाँ हाराहारीमा छ। यो अघिल्लो आवको तुलनामा १२ प्रतिशत बढी हो। वाणिज्य बैंकहरूलाई अनिवार्य ८ अर्ब रुपैयाँ चुक्तापुँजीको व्यवस्था छ। तर, अझ चुक्तापुँजीको पनि दोब्बरदेखि तेब्बरसम्म चालुपुँजीको आकार बढ्दा वाणिज्य बैंकहरूको हिस्सा अधिक हुन गएको हुनसक्छ। 

यसैगरी, सञ्चालित १७ विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। वित्त कम्पनीहरूको पुँजी १ खर्ब ७१ अर्ब रुपैयाँ हाराहारीमा छ। यता ५७ वटा लघुवित्त वित्तीय संस्थाहरको कुल सम्पत्ति ५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी पूर्वाधार विकास बैंकको २९ अर्ब ५० करोड रुपैयाँ, राष्ट्रिय सहकारी बैंकको ६७ अर्ब ६६ करोड रुपैयाँ सम्पत्ति तथा दायित्व पुगेको छ। यसैगरी सहकारीहरूको कुल सम्पत्ति मात्रै ३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ। 

यता गैरबैंकिङ  क्षेत्रहरू कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति ५ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको भन्दा ११.४६ प्रतिशत बढी हो। यसैगरी, क्रमशः नागरिक लगानी कोषको कुल सम्पत्ति ३ खर्ब ८ अर्ब ३१ करोड र सामाजिक सुरक्षा कोषको ९८ अर्ब रुपैयाँ सम्पत्ति पुगेको छ। यता बिमा कम्पनीहरूको ९ खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ र पुनर्बिमा कम्पनीकहरूले ५४ अर्ब १२ लाख रुपैयाँ बराबरको सम्पत्ति पुर्‍याएका छन्। यता नेप्सेको बजार पुँजीकरणको कुल सम्पत्ति पनि ३५ खर्ब ५३ अर्ब रुपैयाँ बराबर पुगेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आवको भन्दा गत आव १५.२८ प्रतिशतले वृद्धि भएको देखिन्छ। 

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल यो तथ्यांकले वित्तीय संस्थाहरूको कुल नेटवर्थ वृद्धि भएको संकेत गरेको बताए। उनकाअनुसार संस्थाको पुँजी बढ्दै जाँदाको अवस्थामा वा लगानी बढ्दै जाँदाको अवस्थामा अर्थतन्त्र विस्तार सुधार हुन थालेको भन्ने पनि हो। ‘संस्थाहरूले लगानी थप्दै जाँदा संस्थाको कुल सम्पत्ति बढ्दै गएको हो। यसरी संस्थाको सम्पत्ति मात्रै बढाएर भएन, यसपछि सोहीअनुसारको प्रतिफल लिनुपर्‍यो।’ प्रवक्ता पौडेलले अन्नपूर्णसँग भने। नेपालको घरेलु वित्तीय बजारमा मुद्रा बजार र पुँजी बजार समावेश छन्। मुद्रा बजारले मुख्यतया खुला बजार सञ्चालनमार्फत मौद्रिक नीति सञ्चालन र व्यवस्थापनलाई समेट्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.