विपद्मा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्मा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् । महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा आज भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आलोचना सत्य, तथ्य र रचनात्मक हुनुपर्ने बताए । उनले भने, ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई स्वस्थताको माध्यमबाट अघि बढाउनुपर्दछ । आलोचना स्वागत छ तर आलोचना सत्य तथ्य र रचनात्मक हुन पनि जरुरी छ ।’ उनले झुट र भ्रामक तथा नेपाली समाजलाई भाँड्ने नभई राष्ट्रिय एकतामा आधारित आलोचना हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको बजेटले महाभूकम्पपछिको पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको बताए । उनले नेपालको आर्थिक हैसियतले पुनर्निर्माण गर्न सकिने अवस्था नरहेपनि सरकारले पुनर्निर्माणको काम सफलतासँग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस !