प्रधानमन्त्री ओलीको टिप्पणी– देउवाजी फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू फत्रक्क गले

प्रधानमन्त्री ओलीको टिप्पणी– देउवाजी फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू फत्रक्क गले

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।  

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस सभापति स्वदेश फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैल्याउनेहरु फत्रक्क गलेको टिप्पणी गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे । उनले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको जानकारी दिए ।

प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलीले यस्ता कार्यप्रति तेज तराजरुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सकिने उनले बताए । उनले एमाले मिसन २०८४ मार्फत बलियो राष्ट्रिय शक्तिका रूपमा रूपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए ।  

प्रधानमन्त्री ओलीले दस्तावेजहरुको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या उठाउने र समाधान गर्नेतर्फ लाग्न निर्देशन दिए ।  उनले मर्यादित, सुसंस्कृत, तथ्य र प्रामाणिक कुराहरु साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.