बट्टारमा तरकारी संकलन केन्द्र निर्माण सुरु
नुवाकोट : नुवाकोटको बट्टारमा तरकारी संकलन केन्द्रको निर्माण सुरु गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत विदुर नगरपालिका-२ बट्टारमा तरकारी संकलन केन्द्र (हाटबजार)को उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गरे।
दुई करोड १२ लाख ६७ हजार आठ सय ३७ रुपैयाँको लागतमा दुई वटा भवन निर्माण गरिने सम्झौता अनुसार निर्माण कार्य भइरहेको छ। सो निर्माण कार्य आगामी पुस २६ गते निर्माण सम्पन्न गरी सक्नुपर्ने सम्झौता रहेको छ।
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नुवाकोटमा एकै पटक तरकारी संकलन केन्द्रका साथै सडक निर्माण, वडा कार्यालय, पार्क र सार्वजनिक शौचालय निर्माण हुने भएको छ। सबै आयोजनको एकमुस्ट लागत कुल लागत १६ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस !