काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ। महामन्त्री थापाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। उनका अनुसार मंगलबारलाई पेशी तोकिएको छ।
थापाले लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले 'डिल' गरेको अभिव्यक्ति दिएका थिए।
उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्यो भने अब यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न समेत गरेका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आज थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।
विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
प्रतिक्रिया दिनुहोस !