तीन दिनदेखि हराइरहेकी वृद्धा मृत भेटिइन्

तीन दिनदेखि हराइरहेकी वृद्धा मृत भेटिइन्
सुन्नुहोस्

नुवाकोट : छोरीको घर जान्छु भनेर आफ्नो घरबाट निस्केकी नुवाकोटको खानीगाउँकी एक वृद्धको शव तीन दिनपछि भेटिएको छ। 

विदुर नगरपालिका-१२ खानीगाँउकी ८२ वर्षीया कान्छी तामाङ छोरीको घर जान्छु भनेर शनिवार घरबाट निस्केकोमा उनको शव तीन दिनपछि रहस्यमय रुपमा फेला परेको छ।  उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा आफन्तहरूले खोजतलास गर्ने क्रममा चारघरेको गौरीबेसीस्थित पानी नहरको छेउमा सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

वृद्धा तामाङले लगाएको १ जोर कालो रङको चप्पल, हरियो रङको झोला, लठ्ठि फेला परेपछि प्रहरी चौकी देवीघाट र विदुरस्थित प्रहरी कार्यालयबाट प्रहरीको टोली खटेर थप खोजतलास गर्दा सोमबार बेलुकी उनको सामान फेला परेको स्थानदेखि पाँच सय मिटर दक्षिणमा मृत अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए। 

उनका अनुसार प्रहरीले विशेष रूपमा घटनाको थप अनुसन्धान गरिरहेको छ। उनको शव पोस्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.