जाजरकोटमा लागुऔषधसहित तीनजना पक्राउ

जाजरकोटमा लागुऔषधसहित तीनजना पक्राउ
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा ६ किलोग्राम लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । भेरी नगरपालिका–१ रिम्ना बजारस्थित जाजरकोट–डोल्पा सडकखण्डमा नलगाड नगरपालिका–१० बस्ने २३ वर्षीय हरि बाँनिया, नलगाड नगरपालिका–९ बस्ने ३० वर्षीय दिपक सिंह र सोही वडाका २३ वर्षीय सुरेश सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोमबार इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायब निरीक्षक शिउ कुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा कर्णाली प्रदेश ०२००१ च ११४५ नम्बरको रातो प्लेटको डबल क्याप बोलेरो जिपलाई रोकी जाँच गर्दा लागुऔषध फेला पारेको हो। उक्त बोलेरो जिप नलगाड नगरपालिका–१० बस्ने हरि बाँनियाले चलाइरहेका थिए ।

जिपमा सवार दिपक सिंह र सुरेश सिंहको साथबाट कालो रङ्गको सेन्थेटिक झोलामा लुकाइ छिपाइ राखिएको अफिम जस्तै देखिने ३/३ केजी अर्धठोस (गिलो) पदार्थ तथा दिपक सिंहको साथबाट नगद २५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

बरामद गरिएको औषधसहित बोलेरो जिपलाई नियन्त्रणमा लिइ तीनैजनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.