४८ घरधुरीलाई पानीको धारा
नुवाकोट : वषौंदेखि पिउने पानीको समस्यामा रहेका नुवाकोटको चारघरेका मुलावारीवासी घरमै धारा बनेपछि निकै खुसी भएका छन्। उनीहरूको पिउने पानीको समस्या समाधान भएको छ।
विदुर नगरपालिका १२ चारघरे मुलाबारीका ४८ घरधुरीलाई खानेपानी योजना निर्माण गरिएको छ। कुल १२ लाख रुपैयाँको लागतमा एक घर/एक धाराको योजना अनुरूप निर्माण कार्य पूरा भएको हो।
विदुर नपाका उपमेयर प्रभा बोगटीले मुलावारीमा पुगेर एक घर/एक धाराको उद्घाटन गरिन्। उनले घरमै धारा निर्माण गरिएपछि गाउँवासीको श्रम, समय तथा सिपको बचत भएको बताइन्।
प्रतिक्रिया दिनुहोस !