ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन्। नेपाली कांग्रेसका सांसद गर्बुजा गत संसदीय निर्वाचनमा म्याग्दीबाट विजयी भएका थिए।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !