सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो।

सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट निस्किने क्रममा उनले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त आन्दोलनरत शिक्षकसँग वार्ता गर्न बसेका थिए।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि वार्ता सकारात्मक भएको बताए। उनले आज नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताए। 

शिक्षकका माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिने बताइएको छ। त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.