सरकार-शिक्षक सहमति : असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता

सरकार-शिक्षक सहमति : असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता
सुन्नुहोस्

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच उक्त सहमति भएको छ। 

'संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमति/समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ-आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,' सहमति पत्रमा भनिएको छ।

त्यस्तै आन्दोलन फिर्ता लिएर सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई आ-आफ्नो विद्यालयको नियमित शैक्षिक गतिविधिमा फर्कन आह्वान गरिएको छ। 

प्रतिवद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति  अम्मरबहादुर थापाले हस्ताक्षर गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.